गृहपृष्ठ घुस लिँदालिँदै विद्युत् प्राधिकरणका कर्मचारी अख्तियारको फन्दामा

घुस लिँदालिँदै विद्युत् प्राधिकरणका कर्मचारी अख्तियारको फन्दामा

ghus-newskarobar

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल विद्युत् प्राधिकरण काठमाडौँ उत्तर वितरण केन्द्रका इलेक्ट्रिसियन कृष्णप्रसाद शर्मालाई २० हजार घुससहित पक्राउ गरेको छ ।

एक सेवाग्राहीको घरमा नयाँ मिटर जडान गर्ने क्रममा आयोगको टोलीले उनलाई पक्राउ गरेको हो । अख्तियारले यातायात व्यवस्था कार्यालय नारायणी पर्साका प्रमुख विश्वराज नेपाल, शाखा अधिकृत उमेश रेग्मी, नायब सुब्बा अविन्दर दासले सवारी चालक अनुमतिपत्रसम्बन्धी कागजात नष्ट गरेको आरोपमा विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

सवारी चालक अनुमतिपत्र प्रचलित कानूनविपरीत नेपालीकरणको नाममा जारी गरेको र नेपालीकरण गर्दाको अभिलेखसमेतको कागजात जलाइ नष्ट गरेको आयोगको ठहर छ ।

कागजात काम तामेल भएको एक वर्ष पनि नपुग्दै प्रमाण लोप गर्ने मनसायले नियमविपरीत कागजात धुल्याइ नष्ट गरेको अभियोग लागेको अख्तियारका सहायक प्रवक्ता मदन कोइरालाले जानकारी दिए ।

प्रकाशित समय १९:०४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु