गृहपृष्ठ प्युठानमा जिप दुर्घटना, एकजनाको घटनास्थलमै मृत्यु

प्युठानमा जिप दुर्घटना, एकजनाको घटनास्थलमै मृत्यु

accident_newskarobar

प्युठानमा आज बिहान भएको जिप दुर्घटनामा एकको ज्यान गएको छ । लु. १ च ३४७२ नम्बरको पिकअप जिप दुर्घटनामा गौमुखी गाउँपालिका-५ का शालिक बस्नेतको घटनास्थलमै ज्यान गएको हो ।

ठूलाबेँसीबाट बाग्दुला आउँदै गरेको जिप गौमुखी-५, सालीबिसौनामा दुर्घटनामा परेको हो ।ओरालोमा गुडिरहेको गाडी ब्रेक फेल हुँदा बाटोको कुनामा ठोक्किँदा दुर्घटना भएको प्रत्यक्षदर्शीले बताएका छन् ।

दुर्घटनामा अन्य मानवीय क्षति भएको छैन् । घटनाबारे थप विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय प्युठानले जनाएको छ । स्थानीय र प्रहरीको सक्रियतामा उद्धार कार्य जारी रहेको स्थानीय जनक केसीले बताए ।

(रासस)

प्रकाशित समय ०९:३६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु