गृहपृष्ठ थानकोट– पीपलमोड सडक राति बन्द

थानकोट– पीपलमोड सडक राति बन्द

धुवाधुलो र खाल्डाखुल्डीको सकस

काठमाडौं प्रवेश र बाहिरिने मुख्य नाका थानकोट–पीपलामोड सडक खण्डमा राति सवारी साधन चलाउन रोक लगाइएको छ ।

उक्त सडक खण्ड मर्मतको काम थालिएकाले सोमबारदेखि सात दिनका लागि राति यातायात सेवा बन्द गरिएको हो । सडक डिभिजन कार्यालयका अनुसार अनुसार सो सडक–खण्डमा मर्मतसम्भारको काम सुरु भएकाले राति ८ बजेदेखि बिहान ५ बजेसम्म यात्रु र मालवाहक गाडी बन्द गरिएको हो ।

असोज २२ सम्म राति ८ बजेदेखि बिहान ५ बजेसम्मका लागि सवारी साधन बन्द गरिने ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । सो खण्डको मर्मतको काम कृष कन्स्ट्रक्सनले गरिरहेको छ ।

धुवाधुलो र खाल्डाखुल्डीले दुर्घटनासमेत बढेको भन्दै स्थानीयले मर्मतका लागि दबाब दिएका थिए ।

प्रकाशित समय ०७:५८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु