गृहपृष्ठ प्रहरी भन्दै लुटेर फरार पक्राउ
प्रहरी भन्दै लुटेर फरार पक्राउ
महानगरीय प्रहरी परिसर काठमाडौँले एक लाख ४० हजार रुपैयाँ लुटेर फरार दुई जनालाई पक्राउ गरेको छ ।
परिसरको टोलीले काठमाडौँ महानगरपालिका–१३ कालिमाटी बस्ने भारतका १६ वर्षीय श्यामकुमार शाह र सिन्धुपाल्चोकका २० वर्षीय प्रेम श्रेष्ठलाई पक्राउ गरेको हो ।
पक्राउ परेकासहित अन्य चार जनाले आइतबार कलंकीका ३८ वर्षीय उमेशप्रसाद केशरीको कोठामा प्रहरी हौँ भन्दै खानतलासी गर्ने निहुँले रकम चोरी गरेर फरार भएका थिए । अन्य चार जनाको भने खोजी जारी रहेको परिसरले जनाएको छ । (रासस)
प्रकाशित समय ०८:५४ बजे

















