गृहपृष्ठ गलत समाचार लेख्नेलाई महासंघले कारबाही गर्ने

गलत समाचार लेख्नेलाई महासंघले कारबाही गर्ने

nepal-patrakar-mahasanjha

नेपाल पत्रकार महासंघका कार्यवाहक अध्यक्ष दिलीप थापामगरले सत्यतथ्यमा आधारित नरही गलत समाचार लेख्ने पत्रकारलाई अब नेपाल पत्रकार महासंघले कारबाही गर्ने बताएका छन् । नेपाल पत्रकार महासंघ भक्तपुर शाखाले आयोजना गरेको ‘नागरिकको आँखामा मिडिया’ विषयक अन्तरक्रियामा मगरले सत्यतथ्यमा आधारित भएर समाचार सम्प्रेषण गर्न सञ्चारकर्मी र मिडिया हाउसलाई आग्रह गरे ।

‘कसैको प्रभावमा परेर गलत समाचार लेख्ने पत्रकारलाई अब छुट हुँदैन, महासंघ आफैंले कारबाही गर्छ, यसमा पत्रकारहरु सचेत हुनुहोस्,’ उनले भने । सत्यतथ्य समाचार लेख्न भने खुट्टा नकमाउन आग्रह गर्दै उनले मिडियालाई संकुचित गर्न सञ्चार विरोधी कानुन ल्याए त्यसलाई चिरेर महासंघ सञ्चारकर्मीको पक्षमा अगाडि बढ्ने बताए ।

कार्यक्रममा मध्यपुर थिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठ, सूर्यविनायक नगरपालिकाका प्रमुख वासुदेव थापा, निर्माण व्यवसायी महासंघ भक्तपुरका अध्यक्ष निरञ्जन बजगाईंलगायतले पत्रकारले पत्रकारिता, पर्चाकारिता, पित पत्रकारिता नगरी वास्तविक पत्रकारिता गर्नुपर्नेमा जोड दिए । जनतामा भ्रम छर्ने, जनता भड्काउनेजस्ता समाचार नलेख्न उनीहरूले आग्रह गरे । कार्यक्रममा सहभागी नागरिक समाजका प्रतिनिधिले पत्रकारिता निष्पक्ष हुन नसकेको भन्दै पत्रकारिताको धेरै दुरुपयोग भएको बताए ।

(रासस)

प्रकाशित समय २०:२३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु