गृहपृष्ठ सुदूरपश्चिमको राजधानी गोदावरीमा जलाइयो राष्ट्रिय पत्रिका
सुदूरपश्चिमको राजधानी गोदावरीमा जलाइयो राष्ट्रिय पत्रिका
अत्तरिया चोक अशान्त
हालसालै मात्र प्रदेशसभाले सुदूरपश्चिको राजधानी गोदावरी राख्ने निर्णय गरेको स्थानका युवाले राष्ट्रिय पत्रिकाहरु जलाएका छन् ।
गोदावरी तेघरी राजधानी तोकिएपछि सो स्थानमा राजधानी उपयुक्त नभएको भन्ने समाचार प्र्रकाशित गरेको दाबी गर्दै अत्तरियामा पत्रिका जलाइएको हो ।
आक्रोशित युवा पत्रिका नियन्त्रणमा लिन बिहानै सडकमा ओर्लिएका थिए । उनिहरुले नेपालगंञ्जबाट सुदूरपश्चिमका विभिन्न जिल्लाका लागि पुर्याइएका कान्तिपुर, नागरिक लगायतका पत्रिका नियन्त्रणमा लिदै अत्तरिया चोकमा जलाएका थिए ।
आक्रोशित उनिहरुले गाडीबाट पत्रिका निकाल्दै एक्कासी जलाएको वितरकले वताएका छन् । बहुमत सदस्यले प्रदेशको राजधानि तेघरी गोदावरी राखेको र राष्ट्रिय पत्रिकाहरुले चुरे खतारामा, बाधको बाटोमा राजधानी लगायतका शिर्षक राखेर समाचार प्रकाशित गरेको उनिहरुको आरोप थियो ।
प्रकाशित समय ०७:१८ बजे


















