गृहपृष्ठ ‘प्रहरीले मेरा श्रीमानको हत्या गर्न खोज्दैछ’

‘प्रहरीले मेरा श्रीमानको हत्या गर्न खोज्दैछ’

नेपाल निर्माण व्यवसायी महासंघका तत्कालीन अध्यक्ष शरदकुमार गौचनको हत्या अभियोगमा पक्राउ परेका समीरमानसिंह बस्नेतलाई प्रहरीले हत्या गर्न खोजेको आरोप लगाइएको छ । काठमाडौंमा बुधबार पत्रकार सम्मेलन गरेर बस्नेतकी पत्नी मायाले शेरचनले प्रहरीमाथि यस्तो आरोप लगाएकी हुन् ।

समीरमानलाई गौचन हत्याको आरोपमा पक्राउ गरिए पनि अहिलेसम्म थुनछेकको बहस मात्र भएको छ । यस्तो अवस्थामा नख्खु जेलबाट मुस्ताङ जेलमा लगिनु र बाटोमा पटक–पटक जङ्गलको बीचमा रोक्नु शंकास्पद रहेको मायाको भनाइ छ । श्रीमानसँग आफूलाई प्रहरीले भेट गर्नसमेत नदिएको उनले बताइन् ।

‘उहाँलाई मुस्ताङ लगिँदै छ भन्ने कुरा नचिनेको नम्बरबाट खबर आयो र म तत्काल नख्खु पुगेँ । त्यतिबेला मात्र उनीहरुले हवाइ जहाजबाट पोखरा हुँदै मुस्ताङ लाने कुरा बताए । म काठमाडौंबाट पोखरा गएँ । त्यसपछि मैले सँगै गाडीमा लैजान आग्रह गरेँ । उनीहरुले सँगै जान नमिल्ने बताए । त्यसपछि म अर्को गाडीमा प्रहरीको गाडीलाई फलो गर्दै गएँ । बाटोमा पटक–पटक घण्टौँसम्म रोके र मुस्ताङ पुर्याए ।’ उनले भनिन् ।

प्रकाशित समय १६:२२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु