गृहपृष्ठ धनकुटाको डाँडाखर्ककाे तीन घरमा आगलागी, २० लाखको क्षति

धनकुटाको डाँडाखर्ककाे तीन घरमा आगलागी, २० लाखको क्षति

Fire-Aagolagi_newskaronbar सांकेतिक तस्बिर

धनकुटाको महालक्ष्मी नगरपालिका–४ डाँडाखर्कमा आगलागी हुँदा तीन घर जलेर नष्ट भएको छ । बुधबार बिहान ११ बजे आगलागी हुँदा स्थानीय ज्ञानबहादुर मगर, कमलादेवी खड्का र रिपुमर्दन राईको घर जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।

ज्ञानबहादुरको घरमा विद्युत सर्ट भएर आगलागी भएको अनुमान गरिएको छ । आगलागीबाट तीन घरको गरेर २० लाख भन्दा धेरैको क्षति भएको छ । आगलागीका विषयमा अनुसन्धान भइरहेको धनकुटा प्रहरीले जनाएको छ ।

प्रकाशित समय १६:५० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु