गृहपृष्ठ पाँच वर्षीया बालिका बलात्कार गर्ने यज्ञबहादुरलाई १५ वर्ष कैद
पाँच वर्षीया बालिका बलात्कार गर्ने यज्ञबहादुरलाई १५ वर्ष कैद
पाँच बालिका बलात्कार गरेको आरोपमा सिन्धुलीको फिक्कल गाउँपालिका ढुडेनीका १७ वर्षीय यज्ञबहादुर सुनुवार जेल चलान भएका छन् । जिल्ला अदालत सिन्धुलिले यज्ञबहादुरलाई १५ वर्ष कैद र एक लाख जरिवाना तिराउने फैसला गरेको हो ।
अदालतले बालिका बलात्कार गरेको अभियोगमा दोषी ठहर गरेपछि यज्ञबहादुरलाई जेल चलान गरिएको प्रहरीले जनाएको छ । उनले गत असार २१ गते बालिकालाई बलात्कार गरेको उजुरी परेको थियो ।
प्रकाशित समय १७:०६ बजे

















