गृहपृष्ठ १ लाख रुपैयाँ मूल्य बराबरको अवैध सामान बरामद
१ लाख रुपैयाँ मूल्य बराबरको अवैध सामान बरामद
इलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट खटिएको प्रहरीको टोलीले झण्डै १ लाख रुपैयाँ मूल्य बराबरको अवैध सामान बरामद गरेको छ ।
बुधबार दिउँसो विभिन्न स्थानबाट लुकाएर भारततर्फ लैजाँदै गरेको २२ किलो सुपारी, हरियो मोटर र कपालमा लगाउने मेहेन्दी बरामद गरेको हो । त्यसैगरी, भारतबाट नेपालतर्फ ल्याउँदै गरेको कचौरा ३४९ थान, जुत्ता ७६ जोडी, कुकर, ताइ, तन्दा लगायतका सामान बरामद गरेको हो ।
बरामद सामान आवश्यक कारबाहीका लागि मेची भन्सार कार्यालय काकडभिट्टामा बुझाइएको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।
प्रकाशित समय ११:२४ बजे

















