गृहपृष्ठ सप्तरीमा ७० वर्षीया वृद्धा बलात्कृत !

सप्तरीमा ७० वर्षीया वृद्धा बलात्कृत !

rape-kutpit-newskarobar

सप्तरीमा ७० वर्षीया वृद्धा बलात्कृत भएकी छिन् । खडक नगरपालिका ८ मुसहर्नियाका ४० वर्षीय रोहित सदाले मंगलबार बलात्कार गरेको पीडित पक्षले आरोप लगाएका छन् ।

बलात्कार गरेको आरोप लागेका रोहितको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । सप्तरीका एसपी राजेन्द्र विष्टले दोषीको पहिचान भइसकेकाले छिट्टै पक्राउ गर्ने बताए । प्रहरीका अनुसार उदयपुरको त्रियुगा नगरपालिकाकी वृद्धा भाइको घरमा बस्दै आएकी थिइन् ।

प्रकाशित समय ११:४६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु