गृहपृष्ठ सप्तरीमा १४ वर्षीया बालिका बलात्कृत !

सप्तरीमा १४ वर्षीया बालिका बलात्कृत !

सप्तरीमा १४ वर्षीया बालिका बलात्कृत भएकी छिन् । डाकनेश्वरी नगरपालिका १ का १६ वर्षीय किशोरले मंगलबार बलात्कार गरेका हुन् । बालिकाको आमाले बिहीबार प्रहरीलाई उजुरी दिएपछि घटना सार्वजनिक भएको हो ।

बालिकाको घरमै किशोरले बलात्कार गरेको पीडित पक्षको भनाइ छ । बलात्कार गरेको आरोप लागेका किशोरको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । सोही दिन सप्तरीमा ७० वर्षीया वृद्धा पनि बलात्कृत भएकी थिइन् ।

यो पनि पढ्नुस्

सप्तरीमा ७० वर्षीया वृद्धा बलात्कृत !

 

प्रकाशित समय १४:०९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु