गृहपृष्ठ सिरहाका एक जमिनदारले डोम परिवारलाई बनाए घरबारविहीन
सिरहाका एक जमिनदारले डोम परिवारलाई बनाए घरबारविहीन
सिरहाको चोहर्वामा एक जमिनदारले दुई दलित परिवारलाई घरबारविहिन बनाएका छन् । सिरहाको नरहा गाउँपालिका वाडा नम्बर ३ स्थित अति पिछडिएका डोम समुदायहरुको बस्तीमा स्थानीय भरतराज शर्माले डोजर चलाएर घर भत्काइ दिएका छन ।
स्थानिय सिरहाका पत्रकार विनय यादवका अनुसार वर्षौदेखि ऐलानी जग्गामा बसोबास गर्दै आइरहेका डोम समुदायको घरमा जमिनदार भरतराज शर्माले डोजर चलाएका हुन् ।
सडक पेटीमा रहेको महँगो ऐलानी जग्गाा आफ्नो भएको भन्दै शर्माले डोजर लगाएर दलितहरुको घर भत्काइ दिएका हुन् । घर भत्किएपछि दुई घर परिवारमा १८सदस्यको बिचल्ली भएको छ । शर्माले डोम परिवारलाई जग्गा खाली गर्न पटक पटक दबाब दिँदै आएका थिए ।
तर जग्गा खाली गर्न उनीहरु नमानेपछि काम गर्न गएका मौका छोपी एक डेढसय भन्दा बढी मान्छे ल्याएर घर भत्काई दिएको पीडितहरुले गुनासो गरेका छन् । उनीहरू अहिले खुला आकाशमुनि बस्न बाध्य भएका छन् ।
प्रकाशित समय १७:३९ बजे

















