गृहपृष्ठ विमानस्थलमा ओलीले भने- माधव नेपालको अभिव्यक्ति कवितात्मक

विमानस्थलमा ओलीले भने- माधव नेपालको अभिव्यक्ति कवितात्मक

प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष केपी शमौ ओलीले वरिष्ठ नेता माधव नेपालप्रति कटाक्ष गरेका छन् । नेपालले संसदमा सरकारप्रति जाहेर गरेको असन्तुष्टिलाई ओलीले ‘भावना मात्रै’ भनेका छन् ।

संयुक्त राष्ट्रसंघको महासभा बैठकमा भाग लिएर स्वदेश फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा ओलीले ‘देश डुब्न लाग्यो बचाउने माझी कोही छ’ भनी नेता नेपालले सोधेको प्रश्न कवितात्मक र लयात्मक भन्दा केही नभएको टिप्पणी गरे । नेता नेपालसँग आफ्नो समधुर सम्बन्ध रहेको दाबी पनि ओलीले गरे । ‘माधव नेपालसँग मेरो २९ सालदेखिकै घनिष्ट सम्बन्ध हो । यसमा केही हुँदैन ढुक्क हुनुहोस,’ ओलीले भने ।

उनले आफू विदेश रहेका बेला पार्टीभित्र देखिएका विवाद तथा असन्तुष्टिलाई आफूले हल्का रुपमा लिएको बताए ।

प्रकाशित समय १७:४४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु