गृहपृष्ठ एफआईपीभी खोप जनकपुरबाट सुरुवात

एफआईपीभी खोप जनकपुरबाट सुरुवात

उपप्रधान एवम् स्वास्थ्यमन्त्री उपेन्द्र यादवले एफआईपीभी खोपको जनकपुरबाट सुरुवात गरेका छन । जनकपुरधाममा बिहीबार आयोजित एक समारोहका बीच नेपालमै पहिलो पटक प्रदेश नम्बर २ को अस्थायी राजधानी जनकपुरमा एफआईपीभी खोपको शुभारम्भ गरेका छन ।

पोलियो रोग विरुद्ध थप प्रतिरोधात्मक शक्ति प्रदान गर्नको लागि एफआइपीभी खोप शिशुहरुलाई दिने भएको छ । खोपको शुभारम्भ गर्दै मन्त्री यादवले स्वास्थ्य क्षेत्रलाई गुणस्तर बनाउँदै खोपबाट कुनै पनि बालबालिका बञ्चित हुनु नहुने बताए ।

कार्यक्रममा प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले एफआइपीभी खोपको शुभारम्भ प्रदेश २ बाट भएकोमा खुशी लागेको बताएका छन । उनले जिल्लास्थित स्वास्थ्य कार्यालयहरुलाई निरन्तरता दिनुपर्नेमा जोड दिए । जिल्ला कार्यालयहरु हुँदा प्रदेश सरकारलाई काम गर्न सहज हुने उल्लेख गर्दै उनले जिल्ला जनस्वास्थ्य कार्यालयसहित जिल्लास्तरीय कार्यालयहरुलाई निरन्तरता दिनुपर्ने धारणा व्यक्त गरे।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य सेवा विभाग र परिवार कल्याण महासंघले संयुक्त रुपमा आयोजना गरेको शुभारम्भ समारोहमा प्रदेश नम्बर २ का भौतिक पूर्वाधार विकास मन्त्री जीतेन्द्र सोनल, सामाजिक विकास मन्त्री नवल किशोर साह लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

प्रकाशित समय १७:५४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु