गृहपृष्ठ बोक्सीको आरोपमा कुटपिट, दुईजना पक्राउ

बोक्सीको आरोपमा कुटपिट, दुईजना पक्राउ

बोक्सी भन्दै कुटपिट गरेको आरोपमा घटनामा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

सप्तरीको विष्णुपुर गाउँपालिका–३ बस्ने ५१ वर्षीया पारुल माली, ३३ वर्षीया अनुरागीदेवी मालिन र ३३ वर्षीया सुनितादेवी मालिनलाई बोक्सी भन्दै अमानवीय व्यवहार गरेको आरोपमा सोही ठाउँका ४५ वर्षीय सियाराम यादवलाई प्रहरीले पक्राउ गरेको हो ।

आरोपित यादवसहित उनका परिवारका सदस्यले आफूहरुलाई बोक्सीको आरोप लगाई गाउँबाट निकाल्ने प्रयास गर्दै आएका पीडितले बताएका छन् । गत भदौ ३० गते बोक्सीको आरोप लगाई स्काभेटरले घर भत्काएर गाउँ निकाल्नेसमेत प्र्रयास गरेको अनुरागीदेवीले बताइन् ।

पक्राउ परेका यादवले जग्गा विवादमा आपसमा भएको झगडालाई अर्कै रुप दिई झुठा उजुरी दर्ता गरिएको दाबी गरेका छन् ।

यस्तै बोक्सी भन्दै अमानवीय व्यवहार गरेको आरोपमा हनुमाननगर कंकालिनी नगरपालिका–११ का २८ वर्षीय प्रमोद पण्डितलाई प्रहरीले पक्राउ गरेको छ । बोक्सी भन्दै गत भदौ १३ गते सोही ठाउँ बस्ने शान्तिदेवी मण्डललाई अमानवीय व्यवहार गरेको आरोपमा पण्डित पक्राउ परेका हुन् । (रासस)

प्रकाशित समय ०७:०७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु