गृहपृष्ठ साताभरमा सेयर बजार ४० अंकले घट्यो
साताभरमा सेयर बजार ४० अंकले घट्यो
सेयर बजार परिसूचक (नेप्से) साताभरमा ३९.८१ अंकले ओरालो लागेको छ । गत आइतबार १२६७.१८ अंकबाट कारोबार सुरु भएको नेप्से परिसूचक मंगलबारबाहेकका चार कार्य दिन घट्दा बिहीबार १२२७.३७ अंकमा आइपुगेको हो ।
नेप्से परिसूचक आइतबार १०.४७, सोमबार १८.०४, बुधबार १०.७६ र बिहीबार ३.२३ अंकले घटेको छ । मंगलबार भने बजार २.६९ अंकले बढेको थियो । बजार लगातारजसो आरोलो लागे पनि कारोबार रकम निराशाजनक छैन । बिहीबार पनि ४२ करोड ४६ लाखको सेयर किनबेच भएको छ ।
न्यून विन्दुबाट करिब ११३ अंक उकालो लागेको नेप्से अल्पकालीन लगानीकर्ता (कारोबारी) कारण ओरालो लागेको हो । बढेको बजारमा सेयर कारोबारीले नाफा बुक गर्न थालेपछि बजार निरन्तरजसो नकारात्मक बनेको हो । साथै, बजार बढेको मौका छोप्दै लगानीकर्ताले दसैंका लागि खर्च जुटाउन खोजेकाले पनि बजार ओरालो लागेको हो ।
प्रकाशित समय २०:११ बजे

















