गृहपृष्ठ दाङमा आमाछोरी मृत फेला
दाङमा आमाछोरी मृत फेला
सांकेति तस्बिर ।
दाङको बबइ गाउँपालिका–४ हसनापुरमा आमाछोरी मृत अवस्थामा फेला परेका छन् ।
हसनापुरका २४ वर्षीया सरस्वती पुनमगर र उहाँकी तीन वर्षीया छोरी कृतिका बिहीबार मृत फेला परेको इलाका प्रहरी कार्यालय खिलतपुरले जानकारी दिएको छ । उनिहरुको शव स्थानीय सितलगौरा सामुदायिक वनमा फेला परेको प्रहरी निरीक्षक डाक्टरप्रसाद चौधरीले जानकारी दिएका छन् ।
छोरी लिएर असोज १३ गते माइतीघर रोल्पा जान हिडेँ पनि लामो समयसम्म सम्पर्कमा नआएको आफन्तले बयान दिएको प्रहरीले जनाएको छ । स्थानीयले बिहीबार बेलुकी पाँच बजेतिर शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
शव सड्ने अवस्थामा रहेकाले ४-५ दिन अगाडि नै मृत्यु भएको हुनसक्ने प्रहरीको अनुमान छ । आफन्तले हत्या भएको हुनसक्ने भन्दै शव उठाउन मानेका छैनन् । (रासस)
प्रकाशित समय ०७:२८ बजे

















