गृहपृष्ठ तत्कालीन किष्ट बैंकका प्रबन्ध सञ्चालक कमल ज्ञवाली पक्राउ
तत्कालीन किष्ट बैंकका प्रबन्ध सञ्चालक कमल ज्ञवाली पक्राउ
भारतमा लुकेर बसेका थिए ज्ञवाली
बैंकिङ कसुरमा दाेषी ठहर भएका तत्कालिन किष्ट बैंकका प्रबन्ध सञ्चालक कमल ज्ञवाली पक्राउ परेका छन् ।
महानगरीय अपराध अनुसन्धान महाशाखाको टोलीले उनलाई भारतबाट पक्राउ गरी काठमाडौं ल्याएको हो । उच्च अदालत अन्तर्गतको वाणिज्य इजलास पाटनले ऋण दुरुपयोग अभियोगमा ज्ञवाली र उनकी श्रीमती गौरी खनाललाई जेल र जरिवानाको सजाय सुनाएको थियो ।
राष्ट्र बैंकले दायर गरेको मुद्दामा ज्ञवालीलाई ३ वर्ष कैद र १२ करोड ५० लाख जरिवाना भराउने फैसला गरेको थियो । उनले कम धितोमा धेरै ऋण लिएर दुरुपयोग गरेको भेटिएपछि केन्द्रीय अनुसन्धान ब्यूरोले मुद्दा दायर गरेको थियो ।
ज्ञवालीले ६ करोड रुपैयाँ पर्ने सम्पत्ति धितो राखेर बैंकबाट ३ गुणा बढी कर्जा लिएर दुरुपयोग भएको पुष्टि भएको थियो । सीआइबीले मुद्दा दायर गरेपछि ज्ञवाली लुकिछिपी बस्दै आएका थिए ।
प्रकाशित समय ०७:४८ बजे

















