गृहपृष्ठ व्यवसायीको विषयलाई पार्टीले स्पष्टीकरण सोध्नु अनुचित : पालिखे
व्यवसायीको विषयलाई पार्टीले स्पष्टीकरण सोध्नु अनुचित : पालिखे
पोखरा उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष विश्वशंकर पालिखेले व्यवसायीहरुको छाता संस्था पोखरा उद्योग बाणिज्य संघको निर्वाचनको विषयलाई लियर नेपाली कांग्रेस कास्कीले आफूलाइ स्पष्टीकरण सोध्नु उपयुक्त नभएको बताएकाछन । शुक्रबार पोखरामा पत्रकार सम्मेलन गर्दै पालिखेले व्यवसायीक संस्थाको विषयमा पार्टीले स्पष्टीकरण सोध्नु उपयुक्त नभएको बताएका हुन् ।
कांग्रेस कास्कीका सभापति कृष्ण केसीले आफ्नो आचारण र अनुशसन पार्टी हित विपरित भएको ठहर गर्दै स्पष्टीकरणको पत्र दिएकोले त्यसको प्रतिबादमा आफुले समेत आरोप स्पष्ट नभएको भन्दै सभापतिलाई पत्र लेखेको पालिखेले बताए ।
सभापति कृष्ण केसीले आफूविरुद्ध पार्टीलाई प्रयोग गरेको र हालको चुनावको केहि अघि भएको आन्तरिक बैठकका क्रममा सभापति केसीले हात जोडेर माफी समेत मागेको पालिखेले दाबी गरे ।
उनले भने ‘विगतमा भूल भएको स्विकार्दै पार्टी सभापति केसीले माफी मागेको अवस्थामा आफूलाई चुनावी परिणामबारे दोष लगाउन खोज्नु उपयुक्त हुदैन ।’ उनले चुनावलाई निश्पक्ष र विवादरहित बनाउन आफू खटिनुका साथै तटस्थ बसेको र चुनावको नतिजा पनि सबैले स्विकारेको अवस्थामा सभापति केसीले आफूप्रति पूर्वाग्रही ढंगले स्पष्टीकरण सोधेको गुनासो गरे ।
पालिखेले पोखरा उद्योग वाणिज्य संघमा राजनीति हुनुहुन्न भन्दा आफूमाथी सभापति केसीले त्यसको प्रतिशोध साँधेको आरोप लगाए । उनले भने,‘पोखरा उद्योग वाणिज्य संघ कुनै अमुक पार्टीको भातृ संस्था होइन र यसलाई पार्टीको भातृ संस्था बनाउनुपनि हुँदैन भन्नेमा म स्पष्ट छु ।’ समाजका हरेक ठाउँ र संस्थामा राजनीति गर्नुहुँदैन भन्ने मान्यतामा आफू अडिग रहेको पालिखेले जनाए ।
संघको चुनावमा राजनीतिक रंग देखा नपरोस् भनेर आफूले सर्वसम्मत नेतृत्व चयन गर्न अन्तिम अवस्थासम्म पनि भूमिका खेलेको र त्यस विषयमा लगभग सहमति भइसकेको अवस्थामा संघका कुनै एक पूर्व अध्यक्षको पूर्वाग्रही सोंच र बैमनस्यताले भाँडिएको आरोप लगाए ।
साथै पोखरा महानगरपालिका वडा नम्बर ३ का बहालवाला वडाध्यक्ष रविन्द्रबहादुर प्रजूलाई उम्मेद्वार बनाउँदा हार बेहोरेको भन्दै उनले त्यस्तो निर्णय गर्ने पार्टी सभापति कृष्ण केसी र प्रदेश सांसदले हारको जिम्मेवारी लिनुपर्ने बताएका छन् ।
यसैबिच, नेपाली कांग्रेस कास्कीका सभापति कृष्ण केसीले संघको निर्वाचनमा पार्टीले हस्तक्षेप नगरेको तर बेखवर भने नरहेको जनाए । पालिखेले सार्वजनिक कार्यक्रममै पार्टीलाई आच आउने र पार्टी छाड्ने मनसायको अभिव्यक्ति आएको कारण स्पष्टीकरण सोधिएको सभापति केसीले बताए । पालिखेलाई के गर्ने भन्ने बिषयमा अर्को बैठकले निर्णय गर्ने उनले बताए ।
प्रकाशित समय १६:४५ बजे

















