गृहपृष्ठ नवलपरासीमा बस दुर्घटना, ९ जना घाइते

नवलपरासीमा बस दुर्घटना, ९ जना घाइते

accident-newskarobar

पूर्व पश्चिम राजमार्गअन्तर्गत नवलपरासीको अरुणखोलामा यात्रुबस दुर्घटना भएको छ । ढ जना यात्रु घाइते भएका छन् ।

शनिबार बिहान ५ बजेको समयमा मध्यबिन्दु नगरपालिका–१० अरुणखोलास्थित जङ्गलमा काँकडभित्ताबाट नेपालगञ्जतर्फ जाँदै गरेको मे१ख २२०१ नम्बरको बस अनियन्त्रित भई सडकमा पल्टेको थियो ।

घाइतेको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ । बसमा सवार अन्य १६ यात्रु भने सकुशल रहेको दुम्किबास इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक घजिन्द्रबहादुर कार्कीले जानकारी दिए ।

प्रकाशित समय १०:२२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु