गृहपृष्ठ मूलपानीको जुवाखालबाट समातिएका नाम सार्वजनिक
मूलपानीको जुवाखालबाट समातिएका नाम सार्वजनिक
फाइल तस्बिर
काठमाडौंको मुलपानीस्थित एक जुवा अखडामा शुक्रबार राति प्रहरीले छापा मारेर पक्राउ गरेकाहरुको नाम सार्वजनीक गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौंबाट डिएसपी होविन्द्र बोगटीको कमान्डमा खटिएको प्रहरी टोलीले पक्राउ गरेका २३ जनाको नाम खुलाइएको छ ।
प्रहरीले जुवाखाल नियन्त्रमा लिने क्रममा ४ लाख ५८ हजार नगद र केही थान कौडा बरामद गरेको जनाएको छ । जुवाखालबाट कौडा, तास, मदिराका बोतलसहित खुकुरी र तरबारसमेत बरामद गरेको प्रहरीको भनाई छ । उनिहरुलाई महानगरीय प्रहरी परिसर काठमाडौंको हिरासतमा राखेर थप अनुसन्धान शुरु गरिएको प्रहरीले जनाएको छ ।
खालमा छापा हान्दै गरेको अवस्थामा झ्यालबाट हाम्फाल्ने दुई जुवाडेको मृत्यु भएको छ । मृत्यु हुनेमा कपन बस्ने सरोज घले र सिन्धुपाल्चोकका सोमलाल तामाङ छन् । जुवाखालमा पक्राउ पर्नेहरुको नामाबली
१. दीपक तामाङ, सिन्धुपाल्चोक
२. ग्यासन लामा, सिन्धुपाल्चोक
३. नेम दोर्जे तामाङ, सिन्धुपाल्चोक
४. सुब्बा शेर्पा, सिन्धुपाल्चोक
५. विष्णु श्रेष्ठ, सिन्धुपाल्चोक
६. पवन रानामगर, हेटौंडा
७. सर्मिला खड्का, मकवानपुर
८. डेण्डु शेर्पा, दोलखा ‘घरमालिक’
९.लाक्पा शेर्पा, चावहिल
१०. उमेश लामा, सर्लाही
११. राजकुमार बुढाथोकी, रामेछाप
१२. केशर बहादुर गोले, ललितपुर
१३. श्रीकाजी तामाङ, सिन्धुपाल्चोक
१४. रवि थिङ, सिन्धुपाल्चोक
१५. मंगले तामाङ, सिन्धुपाल्चोक
१६. फुर्वा शेर्पा, सिन्धुपाल्चोक
१७. कृष्ण वि.क., धादिङ
१८. रेशम विश्वकर्मा, धादिङ
१९. कृष्ण बहादुर सुनार, धादिङ
२०. टेण्डु शेर्पा, दोलखा
२१. बुद्ध तामाङ, रामेछाप
२२. कुवेर सिंह थिङ, मकवानपुर
२३. दोर्जे घिसिङ, सिन्धुपाल्चोक
प्रकाशित समय १८:५२ बजे

















