गृहपृष्ठ लोकतन्त्र बलियो भए मात्र पत्रकारिता बलियो : सभामुख महरा
लोकतन्त्र बलियो भए मात्र पत्रकारिता बलियो : सभामुख महरा
फाइल तस्बिर
प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराले देश र जनतालाई केन्द्रविन्दु बनाएर पत्रकारिता गरे लोकतन्त्र बलियो हुने बताएका छन् । उनले भने, ‘लोकतन्त्र बलियो भए मात्र पत्रकारिता अझ बलियो हुन्छ । अब पत्रकारिताको ध्येय देश र जनताको समृद्धिमा केन्द्रित हुनुपर्छ ।’
संसदीय मामिला पत्रकारितासम्बन्धी संघस्तरीय अन्तरक्रियालाई आज ललितपुरमा सम्बोधन गर्दै सभामुख महराले संसद् सबै भावना र विचारलाई मुखरित हुने सर्वेच्च स्थान हो, संसद्लाई बलियो बनाउन आफ्नो प्रयत्न जारी रहेको बताए । ‘संसद सरकारको छायाँमा पर्दैन । सरकारको विरोध गर्ने स्थान संसद होइन । संसदीय समितिले सरकारका कामको अनुगमन गर्ने मात्र गर्दछन,’ सभामुख महराले भने ।
प्रतिनिधिसभाका सचिव डा. भरत गौतम र प्रवक्ता डा. रोजनाथ पाण्डेले संसद् सचिवालयका गतिविधिमाथि जानकारी दिएका थिए । संसदीय मामिला पत्रकार समाज नेपालद्वारा आयोजित सो कार्यक्रम आईतबारसम्म जारी रहनेछ ।
प्रकाशित समय १९:१३ बजे

















