गृहपृष्ठ लिम्बुवान परिषद् सरकारसँग वार्ता गर्न तयार
लिम्बुवान परिषद् सरकारसँग वार्ता गर्न तयार
संघीय लिम्बुवान राज्य परिषद् सरकारसँग वार्ता गर्न तयार भएको छ ।
परिषद्का संयोजक सञ्जुहाङ पालंवाले विज्ञप्ति जारी गरी आफूहरुसँग सरकारले यसअघि गरेका सम्झौता कार्यान्वयन गरे वार्ताको वातावरण बन्ने बताएका छन् ।
लिम्बुवानलगायत आदिवासी जनजाति, मधेशी, दलित र मुसलमान तथा उत्पीडित जनताको अधिकारलाई स्थापित गर्नुपर्ने परिषद्को माग रहेको उनको भनाइ छ । परिषद्ले २०६४ मा सरकारसँग भएको सम्झौता लागू गर्नुपर्ने अडान राखेको छ ।
परिषद्ले आन्दोलनका क्रममा घाइते भएका तथा गिरफ्तारी तथा झूटा मुद्दा लगाइएका कार्यकर्ताको विनाशर्त रिहाइ तथा मुद्दा फिर्ता लिने काम हुनुपर्नेमा जोड दिएको छ । (रासस)
प्रकाशित समय ०७:३९ बजे

















