गृहपृष्ठ खरेलले बदला लिन खोजे : बामदेव गौतम

खरेलले बदला लिन खोजे : बामदेव गौतम

bamdev-gautam फाइल तस्बिर

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सचिवालय सदस्य बामदेव गौतमले नेपाल प्रहरीका पूर्वमहानिरीक्षक अच्युतकृष्ण खरेलले आफ्नो चरित्र हत्या गर्न खोजेको टिप्पणी गरेका छन् । खरेलको हालसालै बजारमा आएको आत्मकथामा उल्लिखित कतिपय कुराले आफ्नो चरित्र हत्या गर्न खोजेको गौतमको आरोप छ ।

आफ्नै निवासमा पत्रकारहरुसँग कुरा गर्दै गौतमले प्रश्न गर्दै भने, ‘आत्मकथामा मेराबारे तथानाम जे पायो त्यही झूटा असत्य कुरा लेखेर चरित्र हत्या गर्न खोज्ने ?’ खरेलले प्रहरी प्रमुखबाट हटाइएको बदाला आत्मकथामार्फत लिन खोजेको उनको जिकिर थियो । आत्मकथामा आफ्ना सम्बन्धमा लेखिएका कुरामा सत्यता नभएको दावी गरेका गौतमले स्थानीय निर्वाचन गर्न नसक्ने भएपछि पार्टीको निर्देशनमा खरेललाई प्रहरी प्रमुखबाट हटाइएको प्रष्टिकरण दिए ।

आफूलाई इंगित गरी पत्रकारमार्फत २० लाख दिन प्रस्ताव पठाएकामा उक्त प्रस्ताव अस्वीकार गरेकाले हटाइएको भन्ने आरोप झूटो भएको गौतमको दावी थियो । खरेलले उक्त आरोप पुष्टि गर्नुपर्ने गौतमको भनाई थियो ।

प्रकाशित समय १५:३६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु