गृहपृष्ठ कलाकार संघका अध्यक्ष बोगटीको निधन
कलाकार संघका अध्यक्ष बोगटीको निधन
चलचित्र कलाकार संघका अध्यक्ष रामकेशर बोगटीको निधन भएको छ । टिकाथलीनजिकै रुख काटेको हेर्ने क्रममा बिजुलीको पोलले लागेर ५८ वर्षीय बोगटीको निधन भएको हो ।
टिकाथलीस्थित निजी निवासबाट निस्किएका बोगटीको घरनजिकै रुख काटेको हेर्न गाडी रोकेर बाहिर निस्किएका बेला रूखले ढालेको पोलले किचेर मृत्यु भएको हो । ढलेको पोल र ट्रान्समिटरले उनको टाउको र पेटमा थिचेको थियो ।
प्रकाशित समय १४:४९ बजे

















