गृहपृष्ठ बडादसैं सुरु, घटस्थापनाको साइत बिहान ७ बजेर १५ मिनेटमा उत्तम
बडादसैं सुरु, घटस्थापनाको साइत बिहान ७ बजेर १५ मिनेटमा उत्तम
नेपालीहरुको महान् पर्व बडादसैँको आज पहिलो दिन घटस्थापना ।
आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म मनाइने दसैं विधिवत् रुपमा सुरू भएको छ । बडादसैंको पहिलो दिन आज घर–घरमा घटस्थापना गरिन्छ । घटस्थापनाको साइत बिहान सात बजेर १५ मिनेटमा उत्तम रहेको नेपाल पञ्चांग निर्णयक समितिले जनाएको छ ।
प्रकाशित समय ०७:०६ बजे

















