गृहपृष्ठ कांग्रेस नेता चक्र बास्तोलाको अवस्था गम्भीर

कांग्रेस नेता चक्र बास्तोलाको अवस्था गम्भीर

नेपाली का‌ंग्रेसका नेता चक्रप्रसाद बास्ताेलाकाे अवस्था गम्भीर भएकाे छ । बास्ताेलाका सहयाेगी राधाकृष्ण बास्ताेलाले दिएकाे जानकारी अनुसार उनकाे अवस्था नाजुक बन्दै गएपछि अस्पतालले परिवारलार्इ घर लैजान भनेकाे छ ।

राधाकृष्णले भने, ‘अस्पतालले स्वास्थ्य अवस्था नसुध्रिने जानकारी गराउँदै घर लैजान भनेकाे हाे, त्यसपछि उहाँलार्इ घर लगिएकाे छ ।’

०६९ साल पुस १४ गते मोरङको विराटनगरमा ‘बन्धु’ भेलालाई सम्बोधन गर्दा गर्दै लडेका थिए । त्यतिबेला बास्तोलालाई मस्तिष्कघात भएको थियो । बास्तोला ६ वर्षदेखि अर्धचेत अवस्थामा रहेका थिए ।

(क्षमायाचना : बास्ताेलाकाे अवस्थासम्बन्धी यसअघि प्रकाशित समाचारप्रति क्षमाप्रार्थी छाैं । )

प्रकाशित समय १६:३६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु