गृहपृष्ठ गण्डकी प्रदेशमा ‘एक गाउँपालिका एक कृषि फार्म’ योजना

गण्डकी प्रदेशमा ‘एक गाउँपालिका एक कृषि फार्म’ योजना

pradesh-4_pic

गण्डकी प्रदेशका कृषि सहकारी तथा भूमिसुधारमन्त्री लेखबहादुर थापाले प्रदेशभित्रका सबै स्थानीय तहमा नमूना कृषि फार्मको स्थापना गर्ने बताएका छन् ।

नेकपाको नगर कमिटी गोरखाद्धारा आयोजित कार्यक्रममा मन्त्री थापाले ८५ वटै गाउँपालिकामा कृषि फार्म स्थापना गर्न प्रदेश सरकारले काम सुरु गरिसकेको बताएका हुन् । उनले गण्डकी प्रदेशलाई पाँच वर्षभित्रमा कृषिजन्य वस्तुमा निर्भर बनाउन सबै गाउँपालिकामा कृषि फार्म स्थापना गर्न लागिएको बताए । यसअघि कहिकतैबाट सहयोग नपाएका फार्मलाई समेत प्राथमिकतामा राखेर अनुदान उपलब्ध गराउने उनको भनाइ थियो ।

प्रदेश सरकारले गाउँपालिकामा सञ्चालन हुने कृषि फार्मबाट माछा, मासु, दूघ, अण्डा, तरकारीलगायत कृषिजन्य वस्तु उत्पादनमा जोड दिइने मन्त्री बताए ।

मन्त्री थापाले भने, ‘अहिले कृषकले दुःख गरेर वस्तु उत्पादन गर्छन्, तर बिक्री गर्दा किसानले न्यून र बिचौलियाले धेरै नाफा कमाउने गरेका छन्, आफ्नै उत्पादन आफैले बेच्न सक्ने गरी हप्तामा कम्तीमा एक दिन चल्ने गरी हाटबजार खोल्नु राम्रो हुन्छ ।’ (रासस)

प्रकाशित समय १६:१९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु