गृहपृष्ठ गुल्मीको चन्द्रकोटमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु

गुल्मीको चन्द्रकोटमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु

Accident-_newskarobar

गुल्मीको चन्द्रकोटमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

१ ज २१८१ नम्बरको जीप सोमबार बिहान ७ बजे दुर्घटना हुँदा चन्द्रकोट गाउँपालिका–२ का ५३ वर्षीय भरतबहादुर गुरुङ र सोही ठाउँका ३९ वर्षीय लालबहादुर गुरुङको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख दीपककुमार बस्नेतले जानकारी दिए ।

गाडी सडकबाट करीब ३०० मिटर तल खोलामा खसेको थियो । दुर्घटनाको कारण खुल्न सकेको छैन ।

प्रकाशित समय १२:५४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु