गृहपृष्ठ कैलालीमा ससुराद्वारा बुहारी बलात्कृत !
कैलालीमा ससुराद्वारा बुहारी बलात्कृत !
बुहारीलाई बलात्कार गरेको आरोपमा कैलालीकको लम्कीचुहा नगरपालिकाका एक जनालाई प्रहरीले पक्राउ गरेको छ । १६ वर्षीया बुहारीलाई पटक पटक बलात्कार गरेको आरोपमा प्रहरीले ५० वर्षीया ससुरालाई पक्राउ गरेको हो । लम्की इलाका प्रहरी कार्यालयमा पीडितले उजुरी दिएपछि प्रहरीले उनलाई पक्राउ गरेको हो ।
इलाका प्रहरी कार्यायल लम्कीका प्रहरी निरीक्षक सुरेन्द्रप्रसाद जोशीका अनुसार आरोपीमाथि जवरजस्ती करणीको मुद्दा दर्ता गरी थप कारवाहीका लागि जिल्ला प्रहरी कार्यालय कैलाली चलान गरिएको छ । पीडित महिलाको २०७४ मंसिरमा प्रेमविवाह विवाह भएको थियो । विवहा लगत्तै उनका श्रीमान भारतको हिमाञ्चल प्रदेशको रुडु भन्ने ठाउँमा काम गर्न गएका थिए ।
श्रीमान भारत गएपछि ससुराले मानसिक यातना दिएर बलात्कार गरेको पीडित महिलालो बताइन् । गत भदौमा ससुराले डेरामा कोही नभएको समयमा मार्ने धम्कि दिएर बलात्कार गरेको उनको आरोप छ । घरपरिवारले थाहा पाएपछि ससुराले जंगलमा लगेर समेत बलात्कार गरेको पीडित महिलाको भनाइ छ । असोज २१ गते माइती उनी मा पुगेपछि घटना सार्वजनिक भएको हो ।
प्रकाशित समय १३:२८ बजे

















