गृहपृष्ठ फ्रान्सको दक्षिण पश्चिममा आँधी, ६ जनाको मृत्यु

फ्रान्सको दक्षिण पश्चिममा आँधी, ६ जनाको मृत्यु

फाइल तस्बिर

दक्षिण पश्चिम फ्रान्समा आएको आँधीका कारण ६ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । आँधीबाट अडी नदीमा बाढी आएको र सडकहरु भत्किएका छन् ।

आँधीले कारकासोन सहरमा सबैभन्दा बढी क्षति गरेको छ । अडी नदीको सतह विगत १०० वर्षकै उच्च विन्दुमा पुगेको अधिकारीहरुले बताएका छन् ।

कारकासोनको उत्तरी गाउँमा पनि सबै सडक बिच्छेद भएका, स्कुलहरु बन्द भएका र मानिसहरु घरभित्रै रहेका छन् । कोन्कोसका सडकहरुमा ६ फिटभन्दा बढी पानी छ ।

प्रकाशित समय १८:४६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु