गृहपृष्ठ दसैंमा मच्चिएनन् पिङ : लोप हुँदै, पिङ संस्कृति
दसैंमा मच्चिएनन् पिङ : लोप हुँदै, पिङ संस्कृति
नेपालीको महान् पर्व दसैं तिहारमा अनिवार्य जस्तो बनेको पिङ हाल्ने र खेल्ने परम्परा नै लोप हुँदै गएको छ । जिल्लाका ग्रामीण तथा सहरी क्षेत्रमा तीजदेखि दसैं तिहारसम्म पिङ हालेर खेलिने चलन अहिले लोप हँुदै गएको हो ।
दसैंका बेला बस्तीका टोलमा पिङ हाल्नका लागि आतुर हुने र खेल्नका लागि तँछाडमछाड गर्ने देखिन्थ्यो तर पछिल्ला वर्षमा युवापुस्तालाई पिङप्रति चासो नै छैन । युवापुस्ता पिङप्रति आकर्षित हुन नसक्दा पिङ खेल्ने संस्कृति नै हराउन थालेको हो ।
वर्षको एक पटक धर्ती छोड्नुपर्छ भन्ने मान्यताका कारणले पिङप्रति मानिसको रुचि निकै रहेको पाइन्थ्यो । किशोर, युवादेखि वयस्क उमेर समूहका मानिस पिङ खेलप्रति निकै आकर्षित हुने गर्थे ।
आधुनिक जीवनशैलीका कारण मानिस पिङप्रति रुचि देखाउन छाडेका छन् । व्यावसायिक प्रयोजनका लागि सञ्चालन हुने मेला, महोसत्वमा नै मानिस आधुनिक ढुंगाका पिङ खेल्न पाइने भएपछि पिङप्रतिको रुचि कमजोर हँुदा दसैं तिहारमा खेलिने पिङ प्रविधि नै लोप हुने अवस्थामा पुगेको हो ।
नुवाकोट बेलकोटगढी नगरपालीका मेयर राजेन्द्ररमण खनाल विस्तारै पीड हाल्ने परम्परा कम हँुदै गएको बताउँछन् । ‘पहिला पहिला गाउँभरि पिङ हुन्थ्यो, अहिले फाट्टफुट्टमात्रै हालेको देखिन्छ,’ उनी भन्छन् । बाल्यकालमा लिंगे पिङ निक्कै खेलिने र रमाइलो हुने गरेको अुनभव उनले सुनाए । गाउँका युवापुस्ता विदेश गएकाले पनि अहिले पिङ हाल्ने मान्छे नभएको उनी बताउँछन् । गाउँका केही टोलका व्यक्तिले पिङ खेल्न नपाएको दशक भएको छ । पिङ बनाउने मानिस गाउँमा नभएपछि धेरैलाई खेल्ने मन भए पनि खेल्न नपाएका हुन् ।
सार्वजनिक स्थलमा भेटिने पिङहरू मानिसको मनोरञ्जनको साधनका रूपमा लिइन्छ । पछिल्ला वर्ष सूचना प्रविधिका कारण मानिस एक्लै रमाउने र सार्वजनिक स्थलमा समूहमा रमाउनेहरू विस्तारै कमी हुँदा पिङ खेल्न संस्कृति नै हराउँदै गएकामा बूढापाका चिन्तित छन् ।
युवाहरू रोजगारीका लागि सहर तथा विदेश पलायन भएपछि पिङ खेल्ने संस्कृति नै हराउँदै गएको होइन, बाटो, मन्दिर, पाटीपौवालगायतका सार्वजनिकस्थलसमेत सरसफाइ हुनसकेको छैन । जसले दसैंको समयमा एकछिन भने पनि धर्ती छाड्ने परम्परा लोह हुन सक्ने खतरा छ ।
प्रकाशित समय १८:५० बजे

















