गृहपृष्ठ हवार्इ रुट थप्ने सम्झौताबाट ‘सेनाले नमानेको’ भन्दै पछि हट्यो भारत

हवार्इ रुट थप्ने सम्झौताबाट ‘सेनाले नमानेको’ भन्दै पछि हट्यो भारत

agreement-newskarobar फाइल तस्बिर

हवार्इ रूट थप्ने सहमतिबाट ‘सेना’ कारण देखाउँदै भारत नाटकीय रूपमा पछि हटेको छ । असार पहिलो साता काठमाडौंमा भएके दुर्इपक्षीय वार्तापछि महेन्द्रनगर, नेपालगन्ज, जनकपुर र विराटनगरबाट हवार्इ रुट थप्ने सम्झौतापत्रमा हस्ताक्षर गरेको भारतले करिब तीन महिनापछि नाटकीय रूपमा सेनालार्इ अघि सारेर सम्झौताविरूद्ध प्रस्तुत भएको हो ।

हवार्इ रूट थप्ने सम्झौतासँगै नाकाबन्दीपछि चिसिएको नेपाल–भारत सम्बन्ध सुमधुर भएको बताउँदै आएको ओली सरकारको यसबारे स्पष्ट प्रतिक्रिया भने आएको छैन । तर, सोही सम्झौताअनुसार उडान सुरक्षा मूल्याकंन टुंगो लगाउन दिल्ली गएको नेपाली टोली रित्तै फर्किएको छ ।

नेपाली नागरिक उड्डयन प्राधिकरणको टोलीले भारतीय पक्ष सेनालार्इ देखाएर सहमतिबाट पछि हटेको जनाएको छ । प्राधिकरणको टोली रित्तो फर्किएसँगै यो विषयको टुंगो फेरि राजनीतिक स्तरबाटै लगाउनुपर्ने भएको छ ।

प्रधानमन्त्री स्तरमा भएको र नागरिक उड्डयन प्राधिकरणका अधिकारीले हस्ताक्षर गरेको सहमतिबाट भारतीय पक्ष पछि हट्नुको मूल कारण नेपालमाथिको भारतीय दादागिरीकै रूपमा देखापरेको छ । यसले नेपालमाथि जे गरे पनि हुन्छ भन्ने भारतीय हैकमवाद फेरि छरपष्ट भएको सरकारी अधिकारीहरूले बताएका छन् ।

विश्लेषकहरूले केही अघि संयुक्त सैन्य अभ्यासमा सहभागिता नजनाउन नेपाल लिएको निर्णय र चीनसँग भएको ट्रेड एन्ड ट्रान्जिट सम्झौताको प्रोटोकलमा भएको हस्ताक्षरप्रतिको भारतीय असन्तुष्टिका रूपमा हेरेका छन् । नेपालमा चीनबाहेक अन्य क्षेत्रमा अन्तर्राष्ट्रिय उडान भर्ने विमान सिमराबाट भित्रिन्छन् । थप चार रूट मागेको थियो ।

प्रकाशित समय २१:२५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु