गृहपृष्ठ दसैंमा पनि राष्ट्रिय मानव अधिकार आयोग खुला रहने

दसैंमा पनि राष्ट्रिय मानव अधिकार आयोग खुला रहने

manab-adhikar-aayog-newskarobar

राष्ट्रिय मानव अधिकार आयोग दसैंमा पनि खुला हुने भएको छ । आयोगको केन्द्रीय, प्रदेश तथा शाखा कार्यालयहरु आगामी दसैं, तिहार तथा छठ बिदामा पनि खुला हुने आयोगले जनाएको छ । कार्यालय ११ बजे देखि २ बजेसम्म रहने हुने आयोगले जनाएको छ ।

नागरिकको मानव अधिकार संरक्षणका लागि आयोगले बिदामा पनि उजुरी शाखा खुला राखेको हो । आयोगले गम्भीर प्रकृतिको घटनामा आकस्मिक अनुगमनसमेत गर्ने जनाएको छ ।

प्रकाशित समय ०७:०३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु