गृहपृष्ठ कैलाली कारागारका कैदीबन्दीले मनाए दसैं
कैलाली कारागारका कैदीबन्दीले मनाए दसैं
दसैंको रौनकले कैलाली कारागारका कैदीबन्दीहरुलार्ई पनि छोएको छ । विभिन्न कार्यक्रम गरेर एक आपसमा खुशी साटासाट गरेर कैदीहरुले कारागारमै दसैं मनाएका छन् । घरपरिवारलाई सम्झदै घटस्थापनादेखि नै दसैंको तयारी थालेका कैदीबन्दीहरुलाई विभिन्न क्षेत्रबाट सहयोग समेत प्राप्त भएको छ । उनीहरुले दसैं मान्न सहयोग स्वरुप प्राप्त भएको रकमले आठ वटा खसि र चारवटा बोका समेत खरिद गरेका छन् ।
कैलाली कारागार पुग्दा त्यहाँ दसैंको माहोललाई संगितलाई तताएको छ । डिजेमा ठुलो आवाजमा बजेका दसैंका गीतमा झुमेका थिए । भित्रपट्टी सानो मञ्च बनाईएको थियो । केही व्यक्तीहरु गीतको तालमा ताल मिलाएर नाचिरहेका थिए । कारागारमा बसेकाहरुले घटनस्थापनादेखि नै दुःखहरु बिर्सदै रमाएका थिए । कैदीबन्दी भएर कारागार बस्नुपरे पनि दसैंलाई भने समान्य जिवनमा जस्तै गरी मनाउन लागेको टीकापुर हत्याकाण्डको आरोपमा बन्दी जीवन बिताइरहेका लक्ष्मण थारुले वताए ।
दसैं नाउन कैदीहरलाई महानगरपालिका, उद्योग वाणिज्य संघ लगायतका विभिन्न संघसंस्थाले आर्थिक सहयोग समेत गरेका छन् । ती निकायहरुबाट प्राप्त भएको रकमले खरिद गरेका आठ खसी र चार बोकाले कैदीबन्दीले दसैं मान्ने तयारी गरेको कैदीबन्दीका नाइके कपिल विष्टले जानकारी दिए ।
कारागारमा रहेका पुरुष कैदीबन्दीले जस्तै महिलाले पनि दसैंलाई भव्य रुपमा मनाउने तयारी गरेका छन् । कैदी दिदीबहिनीहरुसँग आपसमा रमाएर दसैं मनाइरहेको महिला कैदीबन्दीकी नाइके लक्ष्मी कौसलले बताईन् । हुन त नजिक घर भएकाहरुका परिवारका सदस्य दसैंको दिन टिका थाप्न र लगाउन कारागारमा आउने गर्छन् भने मिठो मसिनो समेत ल्याइदिन्छन् । तर टाढा घर भएकाहरु भने समाज र परिवारलाई सम्झदै दसैं मनाएका छन् ।
दसैंमा प्रत्येक कैदीबन्दीहरुलाई नेपाल सरकारले तीन सय रुपैया खर्च स्वरुप दिने गरेको छ। कारागार प्रशासनले सो रकम कैदीबन्दीहरुलाई वितरण गरिसकेको कैलाली कारागारका निमित्त जेलर जनक बहादुर सिहलेजानकारी दिए। कैलाली कारागारमा तीन सय ९४ कैदीबन्दी रहेकोमा ३ सय ६६ पुरुष, एक नाबालिका र २७ जना महिला कैदीबन्दी रहेका छन् ।
प्रकाशित समय ०९:१० बजे

















