गृहपृष्ठ प्रधानमन्त्रीलाई सामान्य रुघाखोकी

प्रधानमन्त्रीलाई सामान्य रुघाखोकी

स्वास्थ्य अवस्था सामान्य

kp oli_newskarobar फाइल तस्बिर

प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्था सामान्य रहेको उनको सचिवालयले जनाएको छ । स्वास्थ्यमा समस्या भएपछि प्रधानमन्त्री ओली पार्टीले शनिबार भृकुटीमण्डपमा आयोजना गरेको चियापानमा सहभागी भएका थिएनन् ।

प्रधानमन्त्रीको स्वास्थ्यस्थित सामान्य रहेकाले आइतबार दिउँसो मन्त्रीपरिषद् बैठक बस्ने भएको छ । प्रधानमन्त्री ओलीलाई सामान्य रुघाखोकी मात्र लागेको सचिवालयले जनाएको छ । यद्यपी आफ्नै पार्टीले आयोजना गरेको चियापानमा स्वाथ्यका कारण भन्दै अनुपस्थित भएपछि उनको स्वास्थ्यलाई लिएर चासो बढेको थियो ।

प्रकाशित समय १२:३५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु