गृहपृष्ठ प्रदेश १ मा ‘समुदाय प्रहरी साझेदारी’ कार्यक्रम
प्रदेश १ मा ‘समुदाय प्रहरी साझेदारी’ कार्यक्रम
एक नम्बर प्रदेशमा नेपाल प्रहरीले समुदायसँगको सहकार्यमा शान्तिसुरक्षा लगायतका कामलाई प्रभावकारी बनाउन समुदाय प्रहरी साझेदारी कार्यक्रम अघि सारेको छ ।
स्थानीय तहसँगको सहकार्यमा शान्तिसुरक्षा लगायतका कामलाई प्रभावकारी बनाउन समुदाय प्रहरी साझेदारी कार्यक्रम सोमबारबाट कार्यान्वयनमा ल्याइएको हो । प्रदेश १ का १ सय ३७ स्थानीय तहमा यो कार्यक्रम लागु हुनेछ ।
समझादारीपत्रमा स्थानीय तह र प्रहरीबीच साझेदारी निर्माणको प्रक्रिया, समुदाय प्रहरी समितिको काम कर्तव्य र जिम्मेवारी, कार्यक्षेत्र, समुदाय केन्द्रित कार्यक्रमका प्रमुख प्राथमिकता र गतिविधि, विद्यालय केन्द्रित कार्यक्रमलगायतका विषय समेटिएका छन् । साझेदारी पत्रमा स्थानीय तहमा कार्यक्रम कार्यान्वयनसम्बन्धी सम्झौतामा स्थानीय तहका प्रमुख र मोरङका प्रहरी प्रमुख मनोज केसीबीच समझादारीपत्रमा हस्ताक्षर भएको थियो ।
मुख्यमन्त्री शेरधन राईले अभियानको उद्घाटन गर्दै भष्ट्रचार र अपराधमुक्त प्रदेश बनाउन समुदाय प्रहरी साझेदारी कार्यक्रम लागु भएसँगै थप सहयोग पुग्नेमा आशावादी बनेको बताए ।
उनले शान्ति सुरक्षा बिना विकास असम्भव रहेकाले यो कार्यक्रमलाई प्रभावकारी रुपमा कार्यान्वय गर्न समुदायको सहयोगको आवश्यतामा जोड दिए ।
प्रकाशित समय १०:१३ बजे

















