गृहपृष्ठ स्याङ्जामा प्याराग्लाइडिङ विश्व कपको तयारी अन्तिम चरणमा

स्याङ्जामा प्याराग्लाइडिङ विश्व कपको तयारी अन्तिम चरणमा

paragliding-newskarobar

स्याङ्जामा आयोजना हुन लागेको प्याराग्लाइडिङ विश्व कपको तयारी अन्तिम चरणमा पुगेको छ । स्वरेक महापुर मैदान र डौंवाफाँटमा कार्तिक १५ देखि १८ गतेसम्म सञ्चालन हुने प्रथम नेपाल प्याराग्लाइडिङ एकुरेसी (स्पोट ल्याण्डिङ) विश्व कप २०१८ को तयारी अन्तिम चरणमा पुगेको प्रतियोगिता संयोजक शैलेन्द्र राउतले जानकारी दिएका छन् ।

भारत, चिन, अन्य उसिएन मुलुकसहित २० देशका ९४ जना प्याराग्लाइडिङ पाइलटले सहभागिताका लागि नाम दर्ता गरेको बताइएको छ । नेपाल प्याराग्लाइडिङ तथा ह्याण्ड ग्लाइडिङ संघ (नेफा), नेपाल हवाई खेलकुद संस्था (ना), बाबु एड्भेन्चर क्लब स्याङ्जाको संयुक्त आयोजनामा नेपालमा पहिलो पटक प्याराग्लाइडिङ वल्र्ड कप हुन लागेको हो ।

पुरुष र महिलाको टिम तथा व्यक्तिगत एक्युरेसी गरि ४ स्वर्णका लागि प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ ।

स्याङजाका स्थानिय निकाय देखि विभिन्न संस्था उत्साहित भएको महोत्सव सचिवालय प्रमुख अनन्त कुमार श्रेष्ठले बताए । प्राविधिक, रेस्क्यू टिम, एम्बुलेन्स, हेलिकोप्टरको समेत व्यवस्था गरिएको छ । बुधबार पोखराबाट र्याली सहितको टाेली प्याराग्लाइडिङ प्रतियोगिता स्थल स्याङ्जा जानेछ ।

प्रकाशित समय १०:०१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु