गृहपृष्ठ चुरे विनाश रोक्न सरकार गम्भीर भएन : पूर्वराष्ट्रपति यादव

चुरे विनाश रोक्न सरकार गम्भीर भएन : पूर्वराष्ट्रपति यादव

पूर्वराष्ट्रपति डा.रामवरण यादवले चुरे विनाश रोक्न सरकार गम्भीर हुन जरुरी रहेको बताएका छन । जनकपुरधाममा मंगलवार सिद्धार्थ शिशु सदन स्कुलले आयोजना गरेको ‘क्लिन जनकपुर, ग्रीन जनकपुर चुरे संरक्षण’ कार्यक्रममा पूर्वराष्ट्रपति यादवले चुरे विनाश बढ्दै गएकोमा चिन्ता व्यक्त गर्दै विनाश रोक्न सरकार गम्भीर हुनु पर्ने बताए ।

‘चुरे विनाश दिनप्रति दिन बढदै गएको छ, चुरे विनाश भएमा तराई मधेश समेत विनाश हुने भएकाले विनाश रोक्न केन्द्र र प्रदेश सरकार गम्भीर हुनुपर्छ’ उनले भने ।चुरे क्षेत्रमा रहेको वनजंगल मासेर बाटो निर्माण, हवाई अड्डा निमार्णदेखि अन्य भौतिक संरचना निर्माण भएकाले त्यसलाई रोक्नुपर्नेमा उनको थियो ।

चुरे क्षेत्रमा बस्नेले चुरे जोगाउन सचेतनामुलक कार्यक्रम गर्नुपर्ने, खाली रहेको जग्गामा विरुवा रोप्नुपर्ने, नदी नियन्त्रण गर्नुपर्ने, नदीनालामा क्रसर उद्योग हटाउन सरकार लाग्नुपर्ने उनले बताए ।

प्रकाशित समय १५:३७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु