गृहपृष्ठ विराटनगरमा सूचना प्रविधि मेला हुने
विराटनगरमा सूचना प्रविधि मेला हुने
विराटनगरलाई सूचना प्रविधिको गन्तब्य बनाउने उदेश्य सहित आइसिटी एक्स्पो २०१८ हुने भएको छ । लिभिङ विथ आइसिटीे मिडियाले आयोजनामा आगामी पुस ६ गतेदेखि १० गतेसम्म पहिलो पल्ट आइसिटी एक्स्पो हुन लागेको हो । लिभिङ विथ आइसिटीे मिडियाले मंगलबार विराटनगरमा पत्रकार सम्मेलन गरी प्रदेश न १ को अस्थायी राजधानी बिराटनगरमा एक्स्पोको आयोजना गरिने जानकारी दिएको हो ।
आयोजक समितिका प्रचार प्रसार अध्यक्ष राजन लम्सालले एक्स्पोमा सूचना प्रविधि क्षेत्रका पछिल्ला आविष्कारहरु, प्रडक्ट र सेवाहरु प्रदर्शनमा रहेने जानकारी दिए । विराटनगरस्थित जैन भवनमा आयोजना हुने एक्स्पोमा १ सय वढी स्टल रहने एक्स्पोमा आइटी शिक्षा, ज्ञान, आविस्कार र उद्यमशिलतालाई प्रवद्र्धन गर्ने मुख्य उदेश्य राखिएको अध्यक्ष लम्सालले बताए ।
आईसिटी एक्स्पो प्रचार प्रसार संयोजक पर्वतराज झाले प्रदेश नं १ अन्तर्गतका जिल्लामा सूचना प्रविधिमा कार्यरत कम्पनी, कलेज तथा सस्थाहरु सहित काठमाण्डौबाट अन्तराष्ट्रिय प्रडक्ट तथा ब्राण्डको प्रदर्शनीमा सहभागिता रहने जानकारी दिए । एक्स्पोमा पाँच प्रतिशत कर्मशियल आइटी प्रडक्ट तथा सेवाहरुको स्टल रहनेछन भने पाँच प्रतिशत स्टलहरु आइटी शिक्षा, इनोभेसन, स्टार्टअप, रोबोट, गेमिङ जोन सहितका साइन्स एक्जिविसनका रहनेछन ।.
संयोजक झाका अनुसार एक्स्पोमा स्थानीय निकायहरुलाइ समेटेर डिजिटल गभर्नेन्स र स्मार्ट सिटी सम्बन्धी वर्कसप, कन्फ्रेन्स समेत सञ्चालन हुनेछ । एक्स्पोमा आइसिटी अवार्डका विजेताहरुले समेत नयाँ प्रविधिहरुको प्रदर्शन समेत गरिने आयोजक संस्थाले बताएको छ । काठमाण्डांै सहित प्रदेश नं १ र २ का २ लाखभन्दा बढिले उक्त प्रदर्शनीको अवलोकन गर्ने आयोजक पक्षले जनाएको छ ।
प्रकाशित समय १५:४३ बजे

















