गृहपृष्ठ न्यूजिल्याण्डमाथि पाकिस्तानको रोमाञ्चक जित
न्यूजिल्याण्डमाथि पाकिस्तानको रोमाञ्चक जित
न्यूजिल्याण्डविरुद्धको पहिलो टि–२० खेलमा पाकिस्तानले रोमाञ्चक जित हात पारेको छ ।
२ रनले खेल आफ्नो पोल्टामा पारेको पाकिस्तानले तीन खेलको श्रंखलामा १–० को अग्रता बनाएको छ । पाकिस्तानले टस जितेर पहिले ब्याटिङ गर्दै निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १४८ रन जोडेको थियो ।
मोहम्मद हफिजले सर्वाधिक ४५ रनको योगदान गरे । सर्फराज अहमेदले ३४ रन जोड्दा आसिफ अलिले २४ रन बनाए । न्यूजिल्यान्डका लागि एडम मिल्नेले २ विकेट लिए भने अजाज पटेल, कोलिन डि ग्राण्डहोम र इस सोधीले १–१ विकेट लिए ।
१४९ रनको लक्ष्य पछ्याएको न्यूजिल्याण्ड २० ओभरमा ६ विकेटको क्षतिमा १४६ रनमा समेटियो । कोलिन मुनरोले ५८ र रोस टेलर ४२ रन जोडे पनि टिमलाई जित दिलाउन भने सकेनन् ।
हसन अलिले ३ विकेट लिए । इमाद वासिम र सकिब अल हसनले समान १–१ विकेट लिए ।
प्रकाशित समय १०:४५ बजे

















