गृहपृष्ठ साफ यू–१५ मा आज नेपाल र पाकिस्तान भिड्दै
साफ यू–१५ मा आज नेपाल र पाकिस्तान भिड्दै
साफ यू–१५ च्याम्पियनसिप फुटबलको सेमिफाइनलमा आज नेपालले पाकिस्तानसँग प्रतिस्पर्धा गर्दैछ ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा दिउँसो साढे २ बजे सुरु हुने खेलमा नेपाल उपाधि होड कायमै राख्ने लक्ष्यमा हुनेछ । नेपाल समूह ए को विजेता बन्दै सेमिफाइनल प्रवेश गरेको हो भने पाकिस्तान समूह बी को विजेता हो ।
नेपालले पहिलो खेलमा माल्दिभ्सलाई ४–० गोलले हराएको थियो । दोस्रो खेलमा भने बंगलादेशले २–१ गोलअन्तरले जितेको थियो । पाकिस्तान समूह चरणका खेलमा बलियो प्रतिद्धन्दी भारत र प्रतियोगिताको कमजोर टिम भुटानलाई पराजित गर्दै सेमिफाइनल पुगेको हो ।
प्रकाशित समय १०:१३ बजे

















