गृहपृष्ठ सुर्खेतमा साढे ५ लाख नगदसहित १४ जुवाडे पक्राउ

सुर्खेतमा साढे ५ लाख नगदसहित १४ जुवाडे पक्राउ

juwa-newskarobar सांकेतिक तस्बिर

प्रहरीले सोमबार पाँच लाख ४८ हजार रुपैयाँसहित सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाबाट १४ जना जुवाडेलाई पक्राउ गरेको छ ।

जुवातास खेलिरहेको अवस्थामा प्रहरीले वीरेन्द्रनगर नगरपालिका–३ बाट ६ जना तथा वडा नम्बर ११ बाट आठ जुवाडेलाई पक्राउ गरेको हो । पक्राउ परेकाबाट पाँच लाख ४८ हजार बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायब उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले जानकारी दिए ।

पक्राउ परेका सबैलाई हिरासतमा राखि अनुसन्धान थालेको प्रहरीले जनाएको छ । प्रहरीले सामाजिक अपराधसम्बन्धी चेतनामूलक कार्यक्रम गाउँबस्ती र टोलटोलमा सञ्चालन गरिरहेको छ ।(रासस)

प्रकाशित समय ०७:२४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु