गृहपृष्ठ सेयर बजार १२ अंकले बढ्यो
सेयर बजार १२ अंकले बढ्यो
सेयर बजार परिसूचक करिब १२ अंकले बढेको छ । नेप्सेमा सूचीकृत बैंक, बिमा, वित्तलगायतका सबै परिसूचक सकारात्मक बनेपछि बजार ११.९२ अंकले बढेर १२१९.२० अंकमा पुगेको छ ।
नेप्से बढे पनि कारोबार रकम भने घटेको छ । सोमबार १५५ कम्पनीको २४ करोड ४५ लाख रुपैयाँबराबरको ८ लाख २२ हजार २०७ कित्ता सेयर किनबेच भएको छ । आइतबार ५६ करोड ४७ लाखको सेयर कारोबार भएको थियो ।
सोमबार लक्ष्मी लघुवित्त, ग्लोबल आईएमी लघुवित्त, नेडेप लघुवित्तलगायत कम्पनीका लगानीकर्ताले कमाएका छन् भने सिर्जना फाइनान्स, अरुण काबेली पावर, हाथवे फाइनान्सलगायत कम्पनीका लगानीकर्ताले गुमाएका छन् ।
प्रकाशित समय २१:१२ बजे

















