गृहपृष्ठ विवादकाबीच धारापानी स्वस्थ्य भवनको उद्धघाटन
विवादकाबीच धारापानी स्वस्थ्य भवनको उद्धघाटन
रामेछाप नगरपालिका वडा नम्बर ४ हिमगंगाको धारापानी स्वास्थ इकाइको भवन उद्धघाटन गरिएको छ । विवादकाबीच भवनको उद्धघाटन गरिएको हो । भवन निर्माण समितिले स्वास्थ्य इकाइलाई भवन हस्तान्तरण नगरेका कारण स्वास्थ्य इकाइको अध्यक्ष र निर्माण समितिको अध्यक्षबीच ववाद भएको हो ।
विवादकाबीच भवनको उद्धघाटन भएको स्थानीय खम्ब श्रेष्ठले न्युजकारोवालाई बताए ।रामेछाप नगरपालिकाले धारापानी स्वास्थ्य इकाइको भवन निर्माण गर्नको लागि आर्थिक वर्ष २०७४७५ मा २० लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो ।
निर्माण समितिले स्वास्थ्य इकाइलाई भवन हस्तान्तरण गरेर स्वास्थ्य इकाइले उद्धघाटन गर्नु पर्ने व्यवस्था भए पनि निर्माण समितिले स्वास्थ्य इकाइलाई हस्तान्तरण र खबर नै नगरी उद्धघाटन गरिएको हो ।
प्रकाशित समय १३:५८ बजे

















