गृहपृष्ठ संगठनको मर्यादामा आँच पुर्याउने गतिविधि सह्य हुँदैन : महानिरीक्षक
संगठनको मर्यादामा आँच पुर्याउने गतिविधि सह्य हुँदैन : महानिरीक्षक
प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले प्रहरी संगठनभित्रको व्यवसायिक मर्यादामा आँच पु¥याउने गतिविधि सह्य नहुने बताएका छन् । जोमसोममा जिल्ला प्रहरी कार्यालय भवनको उद्घाटन गर्दै महानिरीक्षक खनालले इमान्दारिताका साथ कार्यसम्पादन गर्न निर्देशन दिए ।
‘इमान्दार, निष्ठावान र व्यावसायिक प्रतिष्ठालाई ध्यान दिई जनताको मन जितेर समुदायसँग सहकार्य गरेर काम गनुपर्छ,’ उनले भने । जिल्ला समन्वय समितिका संयोजक छिरिङ ल्यामो गुरुङले जिल्लामा ट्राफिक प्रहरीको छुट्टै कार्यालय स्थापनाको माग गर्नुभयो ।
प्रमुख जिल्ला अधिकारी गङ्गाबहादुर क्षेत्रीले पाँच दशकपछि नयाँ पक्की भवन निर्माण भएकामा खुशी व्यक्त गरे । प्रहरी नायब उपरीक्षक महेन्द्र खड्काका अनुसार रु दुई करोड ५४ लाखको लागतमा निर्माण भएको उक्त भवनमा २२ कोठा छन् ।
(रासस)
प्रकाशित समय १३:४४ बजे
















