गृहपृष्ठ बुटवलमा पनि मनाइयो नेपाल सम्वत

बुटवलमा पनि मनाइयो नेपाल सम्वत

nepal-smawat-newskarobar

नेवारी समुदायले नेपाल सम्वत ११३९ विशेष कार्यक्रम गरी मनाएका छन् । नेवाः पुचः बुटवलको आयोजनमा प्रभातफेरीलगायत विभिन्न औपचारिक कार्यक्रम गरी बुटवलमा नेपाल सम्वत मनाइएको हो ।

बुटवलको ट्राफिक चोकबाट सुरु भएको प्रभातफेरि विभिन्न स्थानको परिक्रमा गरी ट्राफिक चोकमै पुरेर समापन भएको थियो । कार्यक्रममा नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रीय सदस्य तथा बुटवल उवासंघका पूर्वअध्यक्ष सुरेन्द्रप्रसाद श्रेष्ठले संस्कृति जोगाउन नेवारी समुदायबीच एकता बढ्दै गएको बताए ।

कार्यक्रममा बुटवल उद्योग वाणिज्य संघका पूर्वअध्यक्षद्वय नवराज श्रेष्ठ र हीराप्रसाद श्रेष्ठ तथा बुटवल उपमहानगरपालिका–८ का अध्यक्ष भीमबहादुर श्रेष्ठ, नेपाली कांग्रेस बुटवल नगर सभापति खेलराज पाण्डे, समाजसेवी महेश्वरप्रसाद श्रेष्ठ, निर्मल लाकौललगायतले शुभकामना दिएका थिए ।

नेपाल सम्वतमा मुख्यमन्त्रीको शुभकामना
यसैबीच, नेपाल सम्वत ११३९ को अवसरमा प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले स्वदेश र विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी दाजुभाइमा हार्दिक शुभकामना व्यक्त गरेका छन् । शुभकामना सन्देशमा मुख्यमन्त्री पोखरेलले नेपाल सम्वत मौलिक सम्वत भएको र यो नेपाली परम्परा र मौलिकतासँग गाँसिएको बताएका छन् ।

शंखधर साख्वाले गरिबको ऋणमोचन गरेपछि सुरु भएको मानिने नेपाल सम्वतले सामाजिक विभेदको अन्त्य, समानताको स्थापना, विपन्नहरुको सम्मान र सामाजिक सद्भावमा स्थापनामा सधैं महत्व राख्ने मुख्यमन्त्री पोखरेलले बताए ।

प्रकाशित समय १९:५० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु