गृहपृष्ठ तिहार बजार : भाइमसला किन्नेहरुको भीड

तिहार बजार : भाइमसला किन्नेहरुको भीड

bhai-masala-newskarobar

तिहारको चौथौ दिन लाग्दा पसलहरूमा भाइ मसला किन्नेको भीड बढेको छ । भाइमसला बिक्री काग तिहारकै दिनदेखि अत्यधिक बढेको हो ।

राजधानीको पुरानो तथा व्यस्त व्यापारिक थलो असनदेखि सानातिना फुटपाथ पसलसम्म भाइमसला किन्नेको भीड उत्तिकै बाक्लो छ । कुकुर तिहार, लक्ष्मी पूजा र बिहीबार गोवर्धन पूजाको दिनसम्म आइपुग्दा भाइमसला किन्ने दिदीबिहिनीको संख्या बाक्लिएको व्यापारी बताउँछन् ।

असनका व्यापारी इन्द्रमान महर्जन भन्छन्, ‘होलसेल तथा खुद्रा मसला किन्नेहरुको घुइँचो नै लागेको छ, तिहारको समयमा हरेक पसलमा दैनिक ३–४ लाख रुपैयाँभन्दा बढीको मसला बिक्री हुने गर्छ ।’

पसलहरुमा साधारणतया फुटपातमा ५०, १ सय र १ सय ५० रुपैयाँ पर्ने मसलाको प्याकेट बेच्न राखिएका छन् । त्यस्तै पसलमा भने किलोको आधारमा मसला किन्नेको संख्या अधिक हुने असनस्थित व्यापारी बताउँछन् । तिहारको भाइमसलामा प्रयोग हुने अधिकांश सामग्री विदेशबाट आयात हुन्छ ।

प्रकाशित समय १७:१७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु