गृहपृष्ठ नेपाल सम्वतको विशेष कार्यक्रम मंसिरमा

नेपाल सम्वतको विशेष कार्यक्रम मंसिरमा

nepal-sambat-newskarobar

नेपाल सम्वत ११३९ न्हूदँ समारोह समितिले मंसिर १० गते उक्त सम्वतलाई नयाँ वर्षको उपलक्ष्यमा विशेष कार्यक्रम गरी मनाउने भएको छ । कात्तिक २२ गते गर्नुपर्ने उक्त कार्यक्रम नेपाल सम्वतलार्इ राष्ट्रिय सम्वतका रुपमा विकास गर्न महत्वपूर्ण योगदान पुर्याएका नेता पद्मरत्न तुलाधरको कात्तिक १८ गते भएको निधनले औपचारिक समारोह तथा सांस्कृतिक कार्यक्रम स्थगित गरिएको थियो । उक्त दिन शंखधर शाख्वाः दिवसका सन्दर्भ पारेर औपचारिक कार्यक्रम गर्न लागिएको हो ।

विभिन्न टोल तथा गुठीबाट सांस्कृतिक बाजागाजासहित वसन्तपुर क्षेत्रमा भेला भई लगनटोल, जैसीदेवल तथा ठहिटी, असन, इन्द्रचोकलगायत भित्री सहरमा नयाँ वर्षको प्रचारप्रसार गरिनेछ । समितिका अध्यक्ष सत्यभामा माथेमाले नेपाल सम्वतको वैज्ञानिक पक्षबारे जानकारी गराउन स्थगित गरिएको उक्त कार्यक्रम गर्न लागिएको जानकारी दिए । उनले नेपाल सम्वतलाई राष्ट्रिय सम्वतसरह व्यावहारिक रुपमा कार्यान्वयन गर्न यस्ता कार्यक्रमले सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

सरकारले जनताको ऋणमोचन गरी जनस्तरबाट देशकै नाममा उक्त सम्वत चलाएका शाख्वाःलाई २०५६ मंसिर २ गते तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराई नेतृत्वको सरकारले राष्ट्रिय विभूति घोषणा गरेको थियो । २०६५ गोवर्धन पूजाका दिन तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले उक्त संवत्लाई राष्ट्रिय सम्वतका रुपमा घोषणा गरेका थिए । (रासस)

प्रकाशित समय ११:५१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु